Kathmandu Press

एमाले विधान महाधिवेशन आज सकिँदै

काठमाडौं, असोज १७ : एमाले विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी छ। शुक्रबार सुरु भएको सो महाधिवेशन आज (आइतबार) सकिँदैछ।आज पाँच समूहले प्रतिवेदनमाथि...
एमाले विधान महाधिवेशन आज सकिँदै

काठमाडौं, असोज १७ : एमाले विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी छ। शुक्रबार सुरु भएको सो महाधिवेशन आज (आइतबार) सकिँदैछ।

आज पाँच समूहले प्रतिवेदनमाथि सुझाव पेस गर्ने कार्यसूची छ। पाँच समूहले शनिबार नै सुझाव पेस गरिसकेका छन्।

विधान महाधिवेशनको पहिलो दिन शुक्रबार एमाले अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए।

ती दस्तावेजहरूमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरिएकाको थियो। 

सुझाव पेस   गर्ने कार्यक्रम सकिएपछि अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव पौडेलले प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन्। यससँगै महाधिवेशन अन्त्य हुने एमालेले जानकारी दिएको छ।

प्रकाशित मिति: १२:५९ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्