Kathmandu Press

किलोमा ४ रुपैयाँ घटाइयाे फलामे छडको मूल्य

काठमाडौं, असाेज १७ : फलामे छडको मूल्य किलोको ४ रुपैयाँले घटेको छ । नेपाल फलामे छड उत्पादक संघले त्यसको मूल्य घटाएको हो।संघका अध्यक्ष...
किलोमा ४ रुपैयाँ घटाइयाे फलामे छडको मूल्य

काठमाडौं, असाेज १७ : फलामे छडको मूल्य किलोको ४ रुपैयाँले घटेको छ । नेपाल फलामे छड उत्पादक संघले त्यसको मूल्य घटाएको हो।

संघका अध्यक्ष शाहील अग्रवाल र उपाध्यक्ष शोभाकर (हरि) न्यौपानेले विज्ञप्ति जारी गरेर छडको मूल्य घटाइएको जानकारी दिएका हुन्।

सरकारले गएको भदौ २५ गते ल्याएको बजेट प्रतिस्थापन विधयेकबाट स्पन्ज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तःशुल्क नलाग्ने व्यवस्था गरेको थियो।

त्यसले गर्दा छडको लागत किलोका चार रुपैयाँले घटेकाले उपभोक्ताका लागि पनि किलाेमा चार रुपैयाँ नै मूल्य घटाइएको संघको भनाइ छ।

अन्तर्रास्ट्रिय बजारमा फलामे छडको कच्चा पदार्थ बिलेट तथा बिलेटको कच्चापदार्थ स्पन्ज आइरनमा १२ प्रतिशत बढीले मूल्यवृद्धि भएको पनि सरकारको बजेटका कारण घट्न गएको उल्लेख गर्दै संघले उद्योगीलाई लागत मूल्य किलोमा चार रुपैयाँ घटाई छड बिक्री गर्न आग्रह पनि गरेको छ।

प्रकाशित मिति: १२:२१ बजे, आइतबार, असोज १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्