Kathmandu Press

विराटनगर महानगरको सभापतिमा चापागाईं

विराटनगर, असोज १७ : नेपाली कांग्रेस विराटनगर महानगरपालिको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन्।चौधौँँ महाधिवेशनका लागि भएको निर्वाचनमा आज घोषित अन्तिम परिणामअनुसार उहाँले निकटतम...
विराटनगर महानगरको सभापतिमा चापागाईं

विराटनगर, असोज १७ : नेपाली कांग्रेस विराटनगर महानगरपालिको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन्।

चौधौँँ महाधिवेशनका लागि भएको निर्वाचनमा आज घोषित अन्तिम परिणामअनुसार उहाँले निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मतअन्तरले पराजित गरेका थिए।

उपसभापतिद्वयमा इन्दु सुवेदी खतिवडा र नीरज कोइराला, सचिवद्वयमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवद्वयमा दिवस नेपाल र सचिन पोखरेल निर्वाचित भए। महानगरका ६८१ मतदातामध्ये ६६४ जनाले मतदान गरेका थिए।
 

प्रकाशित मिति: ११:३१ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्