Kathmandu Press

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

काठमाडौं, असोज १७ : माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले पहिलो पटक महिला नेतृत्वमा पाएको छ। संगठनको अध्यक्ष नेतृ पञ्चा सिंह बन्ने भएपछि...
अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

काठमाडौं, असोज १७ : माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले पहिलो पटक महिला नेतृत्वमा पाएको छ। संगठनको अध्यक्ष नेतृ पञ्चा सिंह बन्ने भएपछि इतिहासमा पहिलोपटक अनेरास्ववियू क्रान्तिकारीले महिला नेतृत्व पाएको हो।

आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा अध्यक्षका प्रतिस्पर्धीहरुबीच भएको छलफलमा पञ्चा सिंहमाथी सहमति जुटाइएको हो। प्रचण्डको विशेष आग्रहमा सिंहमाथी सहमति जुटेको बताइएको छ। अध्यक्षका ६ जना प्रतिस्पर्धीहरू सुरेन्द्र बस्नेत, पञ्चा सिंह, विजय गौतम, उत्तम अधिकारी, दिपेश पुन र तिलकराम भण्डारीलगायतलाई खुमलटार बोलाएर अध्यक्ष प्रचण्डले छलफल गरेका थिए। 

खासगरी एमाले निकट विद्यार्थी संगठनमा तीनपटकसम्म महिला नेतत्वृ पाइसकेको अवस्थामा आफ्नो पार्टीको विद्यार्थी संगठनले एकपटक पनि महिला नेतृत्व नपाएको भन्दै यसपटक महिलालाई अगाडी बढाउँ भनेर पञ्चाको नाममा सहमति खोजेको स्रोतले जनाएको छ।

प्रकाशित मिति: ११:२४ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्