एमाले विधान महाधिवेशन : समूहगत प्रस्तुति सकिँदै
काठमाडौं, असोज १७ : नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलको प्रस्तुति जारी छ।यही असोज १५ गतेबाट सुरुआत भएको महाधिवेशनमा प्रस्तुत अध्यक्ष...
काठमाडौं, असोज १७ : नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलको प्रस्तुति जारी छ।
यही असोज १५ गतेबाट सुरुआत भएको महाधिवेशनमा प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको साङ्गठनिक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न १० समूह विभाजन गरिएको थियो।
अहिले जारी प्रस्तुतिमा अब दुई समूहको प्रस्तुति हुन बाँकी रहेको र यसपछि खाना समय हुने जनाइएको छ। यसपछि प्रतिवेदन प्रस्तुतकर्ताको जवाफ हुने र समसामयिक प्रस्ताव पारित गर्ने कार्यसूची छ। महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगको निर्वाचन पनि गर्नेछ। ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा छ हजार ३४७ प्रतिनिधिले भाग लिइरहेका छन्।
प्रकाशित मिति: १०:३९ बजे, आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











