Kathmandu Press

काठमाडौंमा आज मतदान हुँदै, रञ्जित र शाक्यबीच प्रतिस्पर्धा

काठमाडौं, असोज १७ : नेपाली कांग्रेसको काठमाडौं महागनरपालिकाको नेतृत्व चयन गर्न आज मतदान हुँदै छ।महानगरमा कांग्रेसको नेतृत्व लिनका लागि प्रगतिमान रञ्जित र नीलकाजी...
काठमाडौंमा आज मतदान हुँदै, रञ्जित र शाक्यबीच प्रतिस्पर्धा

काठमाडौं, असोज १७ : नेपाली कांग्रेसको काठमाडौं महागनरपालिकाको नेतृत्व चयन गर्न आज मतदान हुँदै छ।

महानगरमा कांग्रेसको नेतृत्व लिनका लागि प्रगतिमान रञ्जित र नीलकाजी शाक्य प्रतिस्पर्धामा छन्। संस्थापन पक्षबाट रञ्जित सभापतिका उम्मेदवार छन्। उनलाई कृष्णप्रसाद सिटौला समूहको पनि साथ छ।

त्यस्तै, प्रकाशमान सिंहको तर्फबाट शाक्य सभापतिका उम्मेदवार बनेका छन्। उनलाई गगन थापा समूहको साथ रहेको छ।

त्यस्तै, रञ्जित प्यानलबाट उपसभापतिमा सुविरनाथ खनाल र भरत तन्डुकार, सचिवमा रमेश उप्रेती र सम्झना भट्टराई तथा सहसचिवमा इन्द्ररत्न बज्राचार्य र मुना सिटौला उम्मेदवार रहेका छन्।

यसैगरि, शाक्यको प्यानलबाट उपसभापतिमा सुशीला ढकाल र शान्तकुमार महर्जन, सचिवमा सुसन बैद्य र पुरुषोत्तम खकुरेल तथा सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर उम्मेदवार रहेका छन्।

सबैभन्दा बढी क्रियाशील सदस्य रहेको काठमाडौं महानगरमा १० वर्षदेखि नेतृत्व चयन हुन सकेको छैन। यसअघि अधिवेशन हुन सकेको थिएन।

 

प्रकाशित मिति: ०९:५० बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्