Kathmandu Press

तीन महिनापछि डोटीमा सीडीओ

दिपायल, असोज १७ : गृह मन्त्रालयले तीन महिनापछि डोटीमा प्रमुख जिल्ला अधिकारी खटाएको छ।डोटी गत तीन महिनादेखि प्रजिअविहीन रहेको थियो । निमित्तका भरमा...
तीन महिनापछि डोटीमा सीडीओ

दिपायल, असोज १७ : गृह मन्त्रालयले तीन महिनापछि डोटीमा प्रमुख जिल्ला अधिकारी खटाएको छ।

डोटी गत तीन महिनादेखि प्रजिअविहीन रहेको थियो । निमित्तका भरमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयमा मन्त्रालयले शङ्करबहादुर विष्टलाई प्रजिअ तोकेको हो।

उनले यसअघि पनि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए।

प्रमुख जिल्ला अधिकारी सुनिल खनाल गत असारमा गृह मन्त्रालयमा सरुवा भएका थिए। यसपछि निमित्त प्रजिअ किरण जोशीले कामकाज चलाउँदै आएका थिए।

 

प्रकाशित मिति: ०८:३५ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्