Kathmandu Press

देशभर वर्षा हुने, प्रदेश १ र २ मा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज १७ : न्यून चापीय क्षेत्रको प्रभावले आज देशभर वर्षा हुने तथा प्रदेश १ र २ मा भारी वर्षाको सम्भावना रहेको जल...
देशभर वर्षा हुने, प्रदेश १ र २ मा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज १७ : न्यून चापीय क्षेत्रको प्रभावले आज देशभर वर्षा हुने तथा प्रदेश १ र २ मा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभाको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ। जसले गर्दा देशका विभिन्न भागमा वर्षा भइरहेको छ।

अहिले प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशमा सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहेको छ। प्रदेश १ र प्रदेश २ का धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।

आज दिउसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, प्रदेश १ र प्रदेश २ का केही स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको आकलन छ।

आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको पनि संभावना छ।

प्रकाशित मिति: ०७:४५ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्