Kathmandu Press

एमाले विधान महाधिवेशनमा आज पाँच समूहले सुझाव दिँदै

काठमाडौं, असोज १७ : नेकपा (एमाले) को प्रथम विधान महाविधेशन आज पाँच समूहले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्ने भएका छन्।एमाले अध्यक्ष केपी शर्मा ओलीको...
एमाले विधान महाधिवेशनमा आज पाँच समूहले सुझाव दिँदै

काठमाडौं, असोज १७ :नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन आज पाँच समूहले प्रतिवेदनहरुमाथि सुझाव प्रस्तुत गर्ने भएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव ईश्वर पोखरेलको साङ्गठनिक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावबारे १० समूहमा छलफल भएको थियो। उनीहरुमध्ये पाँच समूहका नेताले शनिबार सुझाव प्रस्तुत गरेका थिए।

आज बाँकी समूहले तीनै प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्नेछन्। उनीहरुले सुझाव प्रस्तुत गरेपछि तीनै प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज अध्यक्ष ओली, महासचिव पोखरेला र उपमहासचिव पौडेलले प्रतिवेदनमाथि समूहगत रुपमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।

एमाले विधान महाधिवेशन आजै सम्पन्न हुनेछ। शुक्रबार सुरु भएको महाधिवेशनमा देशभरका ६ हजार तीन सय ४७ प्रतिनिधि सहभागी छन्।

 

प्रकाशित मिति: ०७:१३ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्