Kathmandu Press

साताको शेयर बजार : २६ अर्ब बढीको कारोबार

साताको शेयर बजार : २६ अर्ब बढीको कारोबार

काठमाडौं, असोज १६ : धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो। सातामा पाँच दिन शेयर कारोबार भए। त्यसमा चार दिन नेप्से परिसूचक ओरालो लाग्यो भने एक दिन मात्रै उकालो यात्रा तय ग¥यो। 

झण्डै तीन हजार ३०० बिन्दु नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ६०० मा ओर्लेको छ। पछिल्ला दिनमा लगानीकर्ताको मनोविज्ञानमा पनि केही नकारात्मक प्रभाव परेको टिप्पणी पनि सुनिएको छ। यस्तै नेपाल राष्ट्र बैंकले शेयर कर्जामा लगाएको सीमा, बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव तथा व्याजदरमा भएको वृद्धिका कारण पनि शेयर बजारमा केही न केही प्रभाव परेको देखिन्छ।

एकाध मानिसले ठूलो परिमाणमा शेयर कर्जा लिएको तथ्य पनि सार्वजनिक भएको छ। यस्तै लगानीकर्ताका केही सङ्घ तथा सङ्गठनले आन्दोलनका कार्यक्रम जारी राखेका कारण बजारले सोचेजति गति लिन नसकेको देखिन्छ। साताभर कूल २३३ कम्पनीको शेयर कारोबार भयो। साताभर कूल पाँच करोड ५२ लाख २२ हजार ६५७ कित्ता शेयर २६ अर्ब नौ करोड ५१ लाख ६३ हजार ६५४ रुपैयाँ मूल्यमा खरिद बिक्री भए। 

शेयर कारोबार हुने साताको पहिलो आइतबार नेप्से परिसूचकमा उच्च अङ्कले घट्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार त्यस दिन नेप्से परिसूचक ६१.२७ बिन्दुले घटेर दुई हजार ७५८.४८ मा ओर्लियो। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७० बिन्दुले घटेर ५१९.३६ मा सीमित भयो। कूल २३३ कम्पनीको एक करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर छ अर्ब ५० करोड एक लाख १७ हजार ७८० रुपैयाँ मा खरिद बिक्री भए। त्यसदिनको कारोबारपछि बजार पूँजीकरण ३८ खर्ब ६१ अर्ब ३७ करोड २७ लाख ६० हजार रुपैयाँको हाराहारीमा ओर्लियो। 

आइतबार सामूहिक लगानी कोषबाहेक अरु १२ उपसमूहको शेयर ओरालो लागे। कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही ३३ करोड ९५ लाख ७३ हजार ६५५ रुपैयाँ बराबरको खरिद बिक्री भयो। सोमबार नेप्से परिसूचक उच्च अङ्कले ओरालो लाग्यो। त्यसदिन नेप्से परिसूचक ७३.०५ अङ्कले ओरालो लागेर दुई हजार ६८५.४१ मा ओर्लियो। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.९४ अङ्कले घटेर ५०६.३३ मा सीमित भयो। 

कूल २२७ कम्पनीको एक करोड चार लाख ७८ हजार ६८ कित्ता शेयर पाँच अर्ब १२ करोड नौ लाख ७३ हजार ९६ रुपैयाँमा खरिद बिक्री भए। सोमबारको कारोबारपछि बजार पूँजीकरण ३७ खर्ब ५९ अर्ब ११ करोड २३ लाख ९० हजार रुपैयाँ बराबर पुगेको थियो। त्यसदिन १३ वटै उपसमूहको शेयर ओरालो लाग्यो। कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही १५ करोड ४९ लाख ७१ हजार २३० रुपैयाँ बराबरको कारोबार भयो। मङ्गलबार नेप्सेमा पहिरो लाग्यो भने बजार पूँजीकरण पनि घट्यो। त्यसदिन नेप्से ओरालो लागेर दुई हजार ६१५.४० मा ओर्लियो। 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.४२ अङ्कले घटेर ४९४.९१ मा ओर्लियो। कूल २१८ कम्पनीको एक करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर पाँच अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँमा खरिद बिक्री भए। मङ्गलबारको कारोबारपछि बजार पूँजीकरणसमेत घटेर ३६ खर्ब ६१ अर्ब चार करोड ९८ लाख ७० हजार रुपैयाँको हाराहारीमा पुग्यो। त्यसदिन कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लाग्यो। 

कारोबारका आधारमा शीर्ष स्थानमा रहेको कुमारी बैंकमा १८ करोड ८२ लाख २७ हजार २९६ रुपैयाँ बराबरको खरिद बिक्री भयो। बुधबार नेप्से परिसूचक ५०.५८ अङ्कले उकालो लागेर दुई हजार ६६५.९३ मा पुग्यो। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.५८ अङ्कले उकालो लागेर ५०३.४६ मा पुग्यो। नेप्से उकालो लागे पनि कारोबार रकम भने उकालो लागेन। कूल २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता शेयर पाँच अर्ब दुई करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँमा खरिद बिक्री भए। बुधबारको कारोबारपछि बजार पूँजीकरण ३७ खर्ब ३१ अर्ब ८४ करोड ८१ लाख ६० हजार रुपैयाँको हाराहारीमा पुग्यो। 

त्यस्तै साताको अन्तिम दिन बिहीबार नेप्सेमा ३२ अङ्कको गिरावट आयो। नेप्से परिसूचक ३२.५१ अङ्कले घटेर दुई हजार ६३३.४२ अङ्कमा पुग्यो। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४१ अङ्कले घटेर ४९७.०५ अङ्कमा पुग्यो। नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि ओेरालो लागेको छ। कूल २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर तीन अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँ मूल्यमा खरिद बिक्री भयो। कारोबार भएका १३ उपसमूहमध्ये त्यसदिन तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर ओरालो लाग्यो। शेयर कारोबार हुने साताको अन्तिम दिनमा आइपुग्दा बजार पूँजीकरण घटेर ३६ खर्ब ८६ अर्ब ३३ करोड आठ लाख ३० हजार रुपैयाँको हाराहारीमा ओर्लियो। 

प्रकाशित मिति: २०:३९ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्