Kathmandu Press

आगलागीमा परी एककाे मृत्यु, तीन घाइते

चितवन, असोज १६ : भरतपुर महानगरपालिका ११ स्थित आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। फर्निचर शोरुममा काम गर्ने बारा आदर्श कोतवाल गाउँपालिका ७...
आगलागीमा परी एककाे मृत्यु, तीन घाइते

चितवन, असोज १६ : भरतपुर महानगरपालिका ११ स्थित आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। 

फर्निचर शोरुममा काम गर्ने बारा आदर्श कोतवाल गाउँपालिका ७ बेलवा की २५ वर्षीया बुनीनेसा मिया हवाडीले भुसको चुलोमा खाना पकाउने क्रममा अचानक नजिकै रहेको स्प्रिटको बोतलमा आगो सल्किन गई पड्कदा उनकै छोरी ४ वर्षीया समिना खातुन हवाडीको शुक्रबार साँझ मृत्यु भएको हो। 

आगलागीमा परी गम्भीर घाइते भएकी समिनाको नयाँ मेडिकल कलेज भरतपुर हुँदै कीर्तिपुरस्थित बन अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो। आगलागीमा परी घाइते भएका बुनीनेसा मिया समेत अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १९:५७ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्