पटाकासहित १ जना पक्राउ
सुनसरी, असोज १६ : ईटहरी उपमहानगरपालिका ४ स्थित सडकबाट ७६ बण्डल नागेन लेखिएको पटाकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही नगरपालिका...
सुनसरी, असोज १६ : ईटहरी उपमहानगरपालिका ४ स्थित सडकबाट ७६ बण्डल नागेन लेखिएको पटाकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही नगरपालिका ६ का २७ वर्षीय राजु साह रहेका छन्।
शुक्रबार राति ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले को.३५ प ८७६८ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकल चालक साहलाई उक्त पटाकासहित फेला पारेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १९:२८ बजे, शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












