Kathmandu Press

जबरजस्ती करणीकाे अभियोगमा एक पक्राउ

उदयपुर, असोज १६ : प्रहरीले जर्वजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। शुक्रबार दिउँसो प्रहरीले ५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा...
जबरजस्ती करणीकाे अभियोगमा एक पक्राउ

उदयपुर, असोज १६ : प्रहरीले जर्वजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। 

शुक्रबार दिउँसो प्रहरीले ५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका ६ का ३० वर्षीय मुकेश बिकलाई पक्राउ गरेको हो। 

सोही ठाउँस्थित द्वारखोला जंगलमा मुकेशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित मिति: १९:१२ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्