Kathmandu Press

कस्तुरीको बिनासहित १ जना पक्राउ

काठमाडौं, असोज १६ : चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गाबाट १९ ग्राम तौल भएको कस्तुरीको बिनासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट किस्पाङ...
कस्तुरीको बिनासहित १ जना पक्राउ

काठमाडौं, असोज १६ : चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गाबाट १९ ग्राम तौल भएको कस्तुरीको बिनासहित एक जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका ८ का ५१ वर्षीय सार्की घले रहेका छन्। 

त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३ ०१ ००६ ख ५९९ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार घलेलाई उक्त बिनासहित शुक्रबार प्रहरीले फेला पारेको हो।


घलेलाई बरामद कस्तुरीको बिनासहित आवश्यक अनुसन्धानको लागि डिभिजन बन कार्यालय हात्तीसार काठमाडौंमा पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

प्रकाशित मिति: १९:०७ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्