उपत्यकामा संक्रमितको संख्या घट्दो, २५५ नयाँ थपिँदा सक्रिय संक्रमित ४,२१७ जना
काठमाडौं, असोज १६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २५५ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा १६४, भक्तपुरमा २६ र ललितपुरमा ६५ जना रहेको...
काठमाडौं, असोज १६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २५५ जना कोरोना संक्रमित थपिएका छन्।
तीमध्ये काठमाडौंमा १६४, भक्तपुरमा २६ र ललितपुरमा ६५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ४,२१७ रहेको छ।
तीमध्ये काठमाडौंमा २,४४३, भक्तपुरमा ८०० र ललितपुरमा ९७४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:०९ बजे, शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











