Kathmandu Press

८७६ नयाँ संक्रमित थपिँदा ११२३ जना संक्रमणमुक्त, ९ को मृत्यु

५,५९८ जनामा गरिएको पिसिआर परीक्षणबाट ६५९ र २,६२१ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
८७६ नयाँ संक्रमित थपिँदा ११२३ जना संक्रमणमुक्त, ९ को मृत्यु

काठमाडौं, असोज १६ : पछिल्लो २४ घन्टामा देशभरिमा ८७६ जना कोरोना संक्रमित थपिएका छन्।

५,५९८ जनामा गरिएको पिसिआर परीक्षणबाट ६५९ र २,६२१ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,९६,६१८ जनामा र एन्टिजेन परीक्षणबाट ९१,९२९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा १,१२३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,६७,८१९ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,१५७ पुगेको छ।

अहिले देशभरिमा १७,६४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:०३ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्