Kathmandu Press

बेलायतमा सङ्क्रमितको सङ्ख्या घटेन

लन्डन, असोज १६ : बेलायतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छैन। सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ५७७ जना एकै दिनमा सङ्क्रमित...
बेलायतमा सङ्क्रमितको सङ्ख्या घटेन

लन्डन, असोज १६ : बेलायतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छैन। 

सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ५७७ जना एकै दिनमा सङ्क्रमित भएका छन्।  

Hardik ivf

बेलायतमा अहिलेसम्म कुल ७८ लाख ४१ हजार ६२५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण मात्रै १२७ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन्। योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३६ हजार ७८९ जनाको मृत्यु भएको छ।  

बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये छ हजार ७३३ जना अझै पनि अस्पतालमै उपचाररत छन्। 

बेलायतका १६ वर्ष माथिका झण्डै ९० प्रतिशतले पहिलो खोप छन् भने ८२ प्रतिशतले दुवै खोप लगाएका छन्।  

धेरैले खोप लगाएकाले बेलायतसँगै चीन, जर्मनी, रुस, अमेरिकालगायतका धेरै देशमा दैनिकी सामान्य हुँदै गएको छ तर तीमध्ये कतिपय देशमा महामारी फैलिइरहेको छ।

प्रकाशित मिति: १६:४७ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्