Kathmandu Press

कांग्रेस धनकुटा नगर सभापतिमा नरेश श्रेष्ठ

धनकुटा, असोज १६ : नेपाली कांग्रेस धनकुटा नगर सभापतिमा नरेश श्रेष्ठ चुनिएका छन्।आज (शनिबार) बिहान सम्पन्न अधिवेशनले उनलाई सर्वसम्मत रूपमा श्रेष्ठलाई सभापति बनाएको हो।उनको...
कांग्रेस धनकुटा नगर सभापतिमा नरेश श्रेष्ठ

धनकुटा, असोज १६ : नेपाली कांग्रेस धनकुटा नगर सभापतिमा नरेश श्रेष्ठ चुनिएका छन्।

आज (शनिबार) बिहान सम्पन्न अधिवेशनले उनलाई सर्वसम्मत रूपमा श्रेष्ठलाई सभापति बनाएको हो।

उनको सभापतित्वमा ५७ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरिएको छ।

समितिको उपसभापतिमा अभिषेक कर्माचार्य र अमित लो तामाङ चयन हुँदा सचिवमा राम तामाङ र लोकेन्द्र खड्का सर्वसम्मत भएका छन्। 

सहसचिवमा ज्ञानेन्द्र बस्नेत र शारदा सन्तोषी राई सर्वसम्मत भए। कोषाध्यक्ष पछि मनोनीत गरिने बताइएको छ।

धनकुटाका अन्य स्थानीय तहमा यसअघि नै कांग्रेसले नेतृत्व चयन गरिसकेको छ।

प्रकाशित मिति: १६:३१ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्