Kathmandu Press

ओलीका कारण बालुवाटारको बन्दी बनेको थिएँ, अहिले मुक्त भएको छु : प्रचण्ड  

काठमाडौं, असोज १६ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी मिल्नुको विकल्प नरहेको बताएका छन्।माओवादी केन्द्रको आज (शनिबार) काठमाडौंमा आयोजित प्रदेश सम्पर्क कमिटी...
ओलीका कारण बालुवाटारको बन्दी बनेको थिएँ, अहिले मुक्त भएको छु : प्रचण्ड  

काठमाडौं, असोज १६ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी मिल्नुको विकल्प नरहेको बताएका छन्।

माओवादी केन्द्रको आज (शनिबार) काठमाडौंमा आयोजित प्रदेश सम्पर्क कमिटी भेलालाई सम्बोधन गर्दै उनले मोहन वैद्य ‘किरण’देखि गोपाल किराँतीसम्मका नेताहरूसँग एकताका लागि छलफल तथा संवाद भइरहेको बताए।  ‘वैद्यजीदेखि विप्लवजी, गोपाल किराँतीसम्मका नेताहरूसँग एक हुनेबारे छलफल भइरहेको छ,’ उनले भने।

विगतमा पार्टी एक छँदा तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफूलाई बालुवाटारको बन्दी बनाएको बताए। त्यतिबेला बालुवाटार भनेपछि आफू वाक्क भएको उनले सुनाए। 

 ‘बिहानै बालुवाटार, बेलुकै बालुवाटार, म वाक्क भएको थिएँ,’ उनले भने, ‘माओवादी आन्दोलनको, जनयुद्धको कमान्डर दिनदिनै जनयुद्ध, संघीयता र धर्मनिरपेक्षताविरोधी केपी ओलीसँग भेट्न जाँदा मलाई कस्तो भयो होला !’ उनले आफू मौकाको पर्खाइमा बसेको र अ‍ोलीले प्रतिनिधिसभा विघटन गरिदिएलगत्तै मुक्त भएजस्तो लागेको उनको भनाइ थियो।

उनले अहिले देशको ‘हिरो’ माओवादी केन्द्र र आफू भएको जिकिर उनले गरे। ‘बुद्धिजीवी, नागरिक आन्दोलनकर्मीलगायत सबैले देशको हिरो प्रचण्ड नै हो भनेर भन्छन्,’ उनले भने।

प्रकाशित मिति: १४:३६ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्