ट्रकको ठक्करबाट रौतहटमा कांग्रेसका स्थानीय नेताको निधन
रौतहट, असोज १६ : रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्ग चाँदी–वाग्मती खण्डमा ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ ।मृत्यु हुनेमा चन्द्रपुर–२ जुडिबेला निवासी ३७...
रौतहट, असोज १६ : रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्ग चाँदी–वाग्मती खण्डमा ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा चन्द्रपुर–२ जुडिबेला निवासी ३७ वर्षीय सोनालाल चौधरी रहेको प्रहरीले जनाएको छ। उनी कांग्रेसका स्थानीय नेता र जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरका स्ववियुको पूर्वसहसचिव हुनुका साथै अन्य विभिन्न संघसंस्थामा अबद्ध रहेको जनाइएको छ।
शुक्रबार राति ९ बजे चाँदीपुलनजिक पूर्वबाट आउँदै गरेको युपी ३५ एटी ४२७३ नम्बरको भारतीय मालवाहक ट्रकले ना३५प १८९३ नम्बरको मोटरसाइकल चलाइरहेका उनलाइई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय एपोलो सिटी अस्पताल लगिए बचाउन नसकिएको प्हरीले जनाएको छ।
ट्रक चालक भारत उत्तर प्रदेशका ३२ वर्षीय सर्भेष कुमारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। टङकलाई पनि नियन्त्रणमा लिइएको बताइएको छ।











