एमाले विधान महाधिवेशन : समूहगत छलफल सकियो, टोलीनेताले निष्कर्ष पेस गर्ने
काठमाडौं, असोज १६ : ललितपुरको गोदावरीमा एमाले विधान महाधिवेशन जारी छ।जारी महाधिवेशनको दोस्रो दिन आज (शनिबार) बिहान ८ बजेबाट सुरु भएको समूहगत छलफल...
काठमाडौं, असोज १६ : ललितपुरको गोदावरीमा एमाले विधान महाधिवेशन जारी छ।
महाधिवेशनको दोस्रो दिन आज (शनिबार) बिहान ८ बजेबाट तीन प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो।
शुक्रबार सम्पन्न पहिलो दिनको कार्यक्रममा अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पेस गरेका थिए।
ती तीनवटा प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरुले समूहगत छलफल गरेका हुन्। छलफलका लागि शुक्रबार नै प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरी ती समूहलाई सहजीकरण गर्न २० जना नेतालाई जिम्मेवारी दिइएको थियो।
सबै समूहले छलफल गरी सुझावसहितको निष्कर्ष तयार पारिसकिएको जनाइएको छ। अपराह्न २ बजेपछि टोली नेताहरूले सामूहिक छलफलको निष्कर्ष र प्रतिनिधिहरूका सुझाव पेस गर्ने बताइएको छ।











