कतारमा सांसद चुन्न पहिलोपटक मतदान
काठमाडौं, असोज १६ : कतारमा सांसद चुन्न शनिबार पहिलोपटक मतदान भएको छ। संसदका कुल ४५ सिटमध्ये ३० सिटका लागि मतदान भएको हो। अरु १५...
काठमाडौं, असोज १६ : कतारमा सांसद चुन्न शनिबार पहिलोपटक मतदान भएको छ।
संसदका कुल ४५ सिटमध्ये ३० सिटका लागि मतदान भएको हो। अरु १५ सिटमा भने राजाले नै मनोनीत गर्ने व्यवस्था छ।
विश्लेषकहरूले भने निर्वाचनको नतिजा नयाँ खासै नआउने अनुमान गरेका छन्। यसअघि सत्तामा र संसदमा भएकाहरू नै फेरि निर्वाचित हुने अनुमान गरिएको छ।
आवरणमा निर्वाचन लोकतान्त्रिक देखिए पनि शासकहरूबाट सत्ता र शक्ति बाहिर जाने सम्भावना न्यून रहेको छ। कतारका नागरिकहरू बिहानैदेखि मतदानका लागि मतदान केन्द्रहरूमा पुगेका र दर्ता अधिकारीसँग नाम दर्ता गरेर मतदान गरिरहेका दृश्यहरू सार्वजनिक भएका छन्।
मतदान केन्द्रमा अर्धपारदर्शी प्लाष्टिकका मत पेटिकाहरू राखिएका छन् भने सुरक्षाकर्मी तथा निर्वाचन अधिकृतहरु पनि पर्याप्त मात्रामा खटिएका छन्।
संसद सदस्यका लागि पुरुष उम्मेदवारहरूको सङ्ख्या अत्यधिक रहेको छ। कुल २८४ उम्मेदवारहरु मध्ये २८ जना मात्रै महिला उम्मेदवार छन्।












