Kathmandu Press

भारतमा थपिए २४ हजार सङ्क्रमित

नयाँ दिल्ली, असोज १६ : भारतमा कोरोना भाइरसबाट २४ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन्।सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २४ हजार ३५४ जना...
भारतमा थपिए २४ हजार सङ्क्रमित

नयाँ दिल्ली, असोज १६ : भारतमा कोरोना भाइरसका २४ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन्।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २४ हजार ३५४ जना सङ्क्रमित भएका हुन्। अघिल्लो दिन शुक्रबार बिहान  सार्वजनिक जानकारी अनुसार पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ सङ्क्रमित थपिएका थिए। शुक्रबारको विवरणमा भन्दा शनिबारको विवरणमा सङ्क्रमितहरूको सङ्ख्या घटेको देखिएको छ। 

यसअघि दैनिक सङ्क्रमितहरुको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो। सङ्क्रमित र मृत्यु भएकामध्ये धेरै केरला राज्यका रहेका छन्। अन्य क्षेत्रमा महामारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको छ। 

Hardik ivf

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ७३ हजार ८८९ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो सङ्ख्या १९७ दिनपछिकै सबैभन्दा कम हो। 

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितहरूको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ।  

दैनिक सङ्क्रमितहरूको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या कम हुँदै गएको हो। 

पछिल्लो २४ घण्टामा २४ हजार सङ्क्रमित हुँदा २५ हजार ४५५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ३० लाख ६८ हजार ५९९ रहेको अधिकारीहरूले जनाएका छन् ।  

भारतको चिकित्सा अनुसन्धान परिषद्ले शुक्रबार एक दिनमा एक करोड ४२ लाख ९२ हजार ५४८ जना कोरोना परीक्षण गरिएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म ५७ करोड १९ लाख ९६ हजार ९९० जनाको परीक्षण गरिएको छ ।  

प्रकाशित मिति: १२:३९ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्