स्विजरल्यान्डकी राजदूतले गरिन् पाथीभरा दर्शन
नेपालका लागि स्विजरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्यापेलरले प्रदेश–१ को प्रसिद्ध पाथीभरा देवीको दर्शन गरेकी छन्।
काठमाडौं, असोज १६ : नेपालका लागि स्विजरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्यापेलरले प्रदेश–१ को प्रसिद्ध पाथीभरा देवीको दर्शन गरेकी छन् ।
दर्शनपछि उनी शनिबार काठमाडौं फर्किएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पैदल यात्रा गर्दै उनी पाथीभरा मन्दिर पुगेकी थिइन् ।
शुक्रबार उनी मेवाखोला हिल रिसोर्टमा बास बसेकी थिइन् । प्रसिद्ध पाथीभरा देवीको मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा पर्छ । इलाममा सञ्चालित परियोजनाहरूको स्थलगत अवलोकनमा गएकी उनी पाथीभरा दर्शन गरेर फर्केकी हुन् ।
प्रकाशित मिति: १२:२९ बजे, शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











