कांग्रेसको काठमाडौं महानगर अधिवेशन सुरु
कांग्रेस काठमाडौंको महानगर अधिवेशन अधिवेशन सुरु भएको छ। अधिवेशन राष्ट्रिय सभागृहमा सुरु भएको हो।कांग्रेस नेता प्रकाशमान सिंहले उद्घाटन...
काठमाडौं, असोज १६ : कांग्रेस काठमाडौंको महानगर अधिवेशन अधिवेशन सुरु भएको छ। अधिवेशन राष्ट्रियसभा गृहमा सुरु भएको हो।
कांग्रेस नेता प्रकाशमान सिंहले उद्घाटन गरेको महानगरको अधिवेशनमा नेताहरु गगन थापा, ध्यानगोविन्द रञ्जित, काठमाडौं कांग्रेसका सभापति सबुज बाँनिया लगायतको उपस्थित छ।
मुलुककै सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको राजधानीमा हुने स्थानीय तह अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ।
केन्द्रीय निर्वाचन समितिले हाल देशभरका ७० भन्दा बढी जिल्लाको क्रियाशील सदस्यता टुङ्ग्याएर अधिवेशनका लागि मार्गप्रशस्त गरिसकेको छ भने केही जिल्लाको क्रियाशील सदस्यता विवादलाई भने टुङ्ग्याउन सकेको छैन।
कांग्रेसले आगामी मंसिर ९ देखि १२ गतेसम्मका लागि केन्द्रीय महाधिवेशनको कार्यतालिका यसअघि नै तोकिसकेको छ।
प्रकाशित मिति: ११:२७ बजे, शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











