Kathmandu Press

चेपाङ परिवारलाई खाद्यान्न सहयोग

चितवन, असोज १६ : जिल्लाका विपन्न १०२ चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। हिन्दूको महान चाड दसैँ तिहार नजिकै आइरहेको अवस्थामा कोभिडका कारण ज्याला...
चेपाङ परिवारलाई खाद्यान्न सहयोग

चितवन, असोज १६ : जिल्लाका विपन्न १०२ चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। हिन्दूको महान चाड दसैँ तिहार नजिकै आइरहेको अवस्थामा कोभिडका कारण ज्याला मजदूरी गर्नसमेत नपाई खाद्यान्न सङ्कटमा परेका चेपाङ घर परिवारलाई सहयोग गरिएको हो।

एक्सन क्लिनर प्रिन्ज (इन्टरनेशनल हेल्फे फर किन्डर इननट इभी) जर्मनी तथा नेपाल बाल सहायता सङ्घको सहयोग र राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र एवं जगत चेत प्रतिष्ठान नेपालको संयोजनमा सहयोग गरिएको हो।

दसैँ–तिहारजस्ता पर्व मान्न समस्या भएका ती विपन्न चेपाङ परिवारलाई प्रतिपरिवार दुई बोरा चामल, दुई किलो नुन, दुई लिटर तेल, चार पोका मस्यौरा, दुई किलो दाल, दुई किलो केराउलगायतका खाद्यान्न सामग्री सहयोग गरिएको थियो । कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको जैथली, वास्पानी, चौकीडाडा, साप्रनीलगायत गाउँका चेपाङलाई सो सहयोग प्रदान गरिएको हो।

सो अवसरमा पर्यटन व्यवसायी रामकुमार अर्याल, चेपाङ अभियानकर्मी केपी किरण शर्मा, राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रका इञ्जिनीयर आनन्दराम थापा, विष्णुप्रसाद अर्याल, गोपाल अधिकारीलगायतको सहभागिता थियो। यस क्षेत्रका चेपाङ समुदायलाई आफ्नो उत्पादनले छ महिना खान पनि धौधौ हुने गरेको छ।
 

प्रकाशित मिति: ०९:४७ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्