Kathmandu Press

आज काठमाडौंका स्थानीय तहमा कांग्रेसको अधिवेशन

काठमाडौं, असोज १६ : नेपाली कांग्रेसको काठमाडौंका स्थानीय तहमा आज अधिवशेन हुन लागेको छ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र...
आज काठमाडौंका स्थानीय तहमा कांग्रेसको अधिवेशन

काठमाडौं, असोज १६ : काठमाडौंका स्थानीय तहमा आज नेपाली कांग्रेसको अधिवशेन हुन लागेको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र स्थानीय तह अधिवेशन गर्न निर्देशन दिएसँगै आज काठमाडौंका स्थानीय तहमा अधिवेशन हुन लागेको हो।

काठमाडौंका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौं महानगरपालिकासहित १० नगरपालिकामा आज निर्वाचन हुन लागेको जानकारी दिए।

काठमाडौंको दक्षिणकाली नगरपालिकामा भने आज अधिवेशन नहुने भएको छ। दक्षिणकाली–२ को क्रियाशील सदस्यता विवाद कायमै रहेकाले आज निर्वाचन गर्न नसकिने आचार्यले बताए।

मुलुककै सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको राजधानीमा हुने स्थानीय तह अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ।

केन्द्रीय निर्वाचन समितिले हाल देशभरका ७० भन्दा बढी जिल्लाको क्रियाशील सदस्यता टुङ्ग्याएर अधिवेशनका लागि मार्गप्रशस्त गरिसकेको छ भने केही जिल्लाको क्रियाशील सदस्यता विवादलाई भने टुङ्ग्याउन सकेको छैन।

कांग्रेसले आगामी मंसिर ९ देखि १२ गतेसम्मका लागि केन्द्रीय महाधिवेशनको कार्यतालिका यसअघि नै तोकिसकेको छ।

प्रकाशित मिति: ०८:१३ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्