Kathmandu Press

भ्यानको ठक्करबाट बालिकाको मृत्यु, दुई घाइते

दमक, असोज १६ : पिकअप भ्यानको ठक्करबाट झापामा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रदशी...
भ्यानको ठक्करबाट बालिकाको मृत्यु, दुई घाइते

दमक, असोज १६ : पिकअप भ्यानको ठक्करबाट झापामा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रदशी गाउँपालिका–५ घोडामारास्थित भित्री सडक खण्डमा गएराति मे १ च २५४६ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई ठक्कर दिँदा १५ वर्षीया आइसा पौडेलको मृत्यु भएको छ। सडक किनारमा उभिरहेका आइसा र उनकी आमा ४० वर्षीया मीना पौडेललाई भ्यानले ठक्कर दिएको थियो।

आमाछोरीलाई ठक्कर दिएर पिकअप पल्टिँदा त्यसमा सवार कनकाई नगरपालिका ९ का ४७ वर्षीय देवीभक्त बोहरा क्षेत्री पनि घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो।

अस्पतालमा उपचारका क्रममा आइसाको मृत्यु भएको प्रहरीले जनाएको छ। मीनाको दाहिने खुट्टा, अनुहार र नाकमा चोट लागेको छ। देवीभक्तको अवस्था सामान्य रहेको छ।

पिकअप भ्यान र चालक कनकाई–८ स्थित घैलाडुब्बाका ३६ वर्षीय अभय राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ०७:१२ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्