Kathmandu Press

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : प्रधानमन्त्री

काठमाडौं, असोज १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्।ग्यालेक्सी फोरके टेलिभिजनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले सरकार प्रेसलाई...
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : प्रधानमन्त्री

काठमाडौं, असोज १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्।

ग्यालेक्सी फोरके टेलिभिजनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको स्पष्ट पारे। प्रधानमन्त्रीले लोकतान्त्रिक देशमा सञ्चारमाध्यम चौथो अङ्गका रुपमा स्थापित रहेको भन्दै नेपालले समेत सोही मान्यता अनुसार यसलाई फस्टाउन अभिप्रेरित गरेको उल्लेख गरे।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै जातजाति, भाषाभाषीको आवाजलाई मुखरित हुने गरी बलियो राष्ट्रिय एकता कामय गर्न सञ्चार माध्यमले सहयोग गर्ने विश्वास व्यक्त गरे।

सन्तुलित, मर्यादित समाचार सामग्री प्रस्तुत गरेर स्वस्थ प्रतिस्पर्धा गर्न  पूर्वप्रधानमन्त्री दाहालले आग्रह गरे। अध्यक्ष दाहालले तथ्य बङ्ग्याइएका गलत समाचारको मारमा आफू पनि बेलाबेलामा पर्ने गरेको भन्दै सही, तथ्यपूर्ण र निष्पक्ष पत्रकारिता गर्न सञ्चारकर्मीलाई आग्रह गरे।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त सञ्चारमाध्यमको सफलताको कामना गरे।

टेलिभिजनका अध्यक्ष जिवी राईले उच्चतम प्रविधिबाट गुणस्तरीय सामग्री प्रस्तुत गर्ने जानकारी दिँदै सञ्चारकर्मीको हित र उनीहरुको सेवा सुविधामा पनि कुनै कन्जुस्याइ नगरिने बताए।

 

प्रकाशित मिति: ०६:४५ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्