Kathmandu Press

अफ्रिकामा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या ८३ लाखभन्दा बढी

अदिस अबाबा, असोज १५ : अफ्रिकामा पुष्टि गरिएको कोभिड–१९ सङ्क्रमितहरूको सङख्या शुक्रबारसम्ममा ८३ लाख एक हजार १६८ पुगेको अफ्रिका रोग नियन्त्रण तथा रोकथाम...
अफ्रिकामा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या ८३ लाखभन्दा बढी

अदिस अबाबा, असोज १५ : अफ्रिकामा पुष्टि गरिएको कोभिड–१९ सङ्क्रमितहरूको सङख्या शुक्रबारसम्ममा ८३ लाख एक हजार १६८ पुगेको अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले (अफ्रिका सीडीसी) ले जानकारी गराएको छ। 

अफ्रिकी संघ (एयू) को विशेष स्वास्थ्य सेवा एजेन्सी, अफ्रिका सीडीसीका अनुसार महादेशभरि यस महामारीको कारण मर्नेहरूको सङ्ख्या दुई लाख ११ हजार ५३० पुगेको छ। यहाँ करिब ७६ लाख ५१ हजार ८०० कोभिड–१९ सङ्क्रमित बिरामीहरू निको भइसकेका छन्। 

दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया र इथियोपिया महादेशमा सबैभन्दा धेरै कोभिड सङ्क्रमित भएका देशमध्ये पर्दछन्। 

सङ्क्रमणका हिसाबले दक्षिणी अफ्रिका सबैभन्दा बढी प्रभावित क्षेत्र हो। त्यसपछि महादेशको उत्तरी र पूर्वी भागहरू बढी प्रधावित बनेका छन् भने महादेशको मध्यक्षेत्र यस क्षेत्रको सबैभन्दा कम प्रभावित भाग हो।

प्रकाशित मिति: २०:५७ बजे, शुक्रबार, असोज १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्