Kathmandu Press

रोमानियामा अस्पतालमा आगलागी हुँदा नौ काेराेना संक्रमितकाे मृत्यु

रोमानिया, असोज १४ : रोमानियाको ‘ब्ल्याक सी’ शहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा शुक्रबार बिहान भएको आगलागीमा परी नौ जना कोभिड–१९...
रोमानियामा अस्पतालमा आगलागी हुँदा नौ काेराेना संक्रमितकाे मृत्यु

रोमानिया, असोज १४ : रोमानियाको ‘ब्ल्याक सी’ शहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा शुक्रबार बिहान भएको आगलागीमा परी नौ जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले बताएका छन्।

अस्पतालमा रहेका अन्य सबै बिरामीलाई उद्धार गरी नजिकैका अन्य अस्पताल तथा स्वास्थ्य केन्दहरूलाई बिरामीहरूलाई आफ्नो भर्ना लिन आग्रह गरिएको छ, शहरका आकस्मिक सेवा अनुगमनका लागि खटाइएका एक अधिकारीले बताए।

Hardik ivf

स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्तिमा भनेको छ, ‘आज बिहान कोभिड–१९ सम्बन्धित ११३ विरामीले अस्पतालमा सेवा लिइरहेको समय भएको आगलागीमा परी केही व्यक्तिको मृत्यु भएको छ। विरामीमध्ये गम्भीर १० जनालाई आईसीयूमा राखिएको छ।’

आगलागीको सम्भाव्य कारणबारे कुरा गर्दा अन्तरिम स्वास्थ्य मन्त्री आटिला सेकेले भने, ‘कारणहरू धेरै हुन सक्छन्। यो आधारभूत संरचना, उपकरणहरूको ओभरलोडसित सम्बन्धित हुन सक्छ र यो असावधानी वा मानवीय कमजोरीसँग पनि सम्बन्धित हुन सक्छ।’ नोभेम्बर २०२० देखि रोमानियाको अस्पतालमा भएको तेस्रो घातक आगलागी हो।

प्रकाशित मिति: २०:५५ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्