Kathmandu Press

साफ च्याम्पियनशिप : बङ्गलादेशको विजयी सुरुवात, नेपालले माल्दिभ्सको सामना गर्ने 

साफ च्याम्पियनशिप : बङ्गलादेशको विजयी सुरुवात, नेपालले माल्दिभ्सको सामना गर्ने 

काठमाडौं, असोज १५ : दक्षिण एसियाली राष्ट्रहरुको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३औं संस्करण सुरु भएको छ ।

बङ्गलादेशले आज भएको पहिलो खेलमा श्रीलङ्कालाई एक–शून्य गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ । यी दुई टोलीबीचको पहिलो हाफ बराबरीमा सकिएको सकिएको थियो । खेलको दोस्रो हाफ सुरु भएको नवौँ मिनेटमा बङ्गलादेशले गोल गर्‍यो ।

बङ्गलादेशका लागि तोपु बर्मनले पेनाल्टीमार्फत गोल गरे ।  आजको दोस्रो खेलमा नेपाल र आयोजक माल्दिभ्स खेल्दैछन् ।  नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

साफमा नेपालसहित आयोजक माल्दिभ्स, भारत, बंगलादेश र श्रीलंका सहभागिता छन् । लिगमा पाँचै टोलीले एक अर्कासँग खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले असोज ३० गते उपाधिका लागि खेल्नेछन् । 

प्रकाशित मिति: २०:३१ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्