गण्डकीमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज १५ : गण्डकी प्रदेशमा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।पछिल्लो चौबिस घण्टामा गरिएको नमूना परीक्षणमा प्रदेशमा १०१ जनामा...काठमाडौं, असोज १५ : गण्डकी प्रदेशमा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो चौबिस घण्टामा गरिएको नमूना परीक्षणमा प्रदेशमा १०१ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ४१ महिला ६० पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार कास्कीमा ७२, बागलुङमा ८, स्याङ्जामा २, गोरखामा ६,लमजुङमा ६, तनहुँमा ३ र नवलपरासी पूर्वमा ४ जनामा संक्रमण देखिएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८५ हजार ७६० पुगेको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा ९४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै गण्डकीमा संक्रमणमुक्त हुनेको संख्या ८३ हजार १२४ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार २७४ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।