Kathmandu Press

कम्युनिष्ट आन्दोलनमा नयाँ एकता र रूपान्तरण खोज्ने बेला भयो : प्रचण्ड

काठमाडौं, असोज १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनमा नयाँ एकता र रुपान्तरण खोज्ने बेला आएको...
कम्युनिष्ट आन्दोलनमा नयाँ एकता र रूपान्तरण खोज्ने बेला भयो : प्रचण्ड

काठमाडौं, असोज १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनमा नयाँ एकता र रुपान्तरण खोज्ने बेला आएको बताएका छन्।

शुक्रबार कमलादीस्थित प्रज्ञा भवनमा सपनाको पाण्डुलिपि गीतिसंग्रह विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिष्ट एकताका लागि नेताहरूसँग छलफल गरिरहेको बताए।

‘हाम्रो आन्दोलन बिग्रेको छ, हामी सबै ठूलो भइयो, किरण, बाबुराम, विलप्व र बादल ठूला भए, उनले भने, ‘को कति पानीमा ओभानो रहेछ भन्ने देखियो। अब आ आफ्नो ठाउँमा बसेर समीक्षा गरौं।’  

पहिला भूमिगतमा हुँदा कसैले नाडी छाम्न नपाएको र फुटाउन पनि नसकेको भन्दै शान्ति प्रक्रियामा आएपछि देशीविदेशी प्रतिक्रियावादीले नेतापिच्छे उचालेर फुट ल्याएको उनले बताए।

माओवादी जनयुद्ध विदुपीकरण, भ्रष्टिकरण, विखण्ड र विर्सजन गर्ने षडयन्त्र भइरहेको भन्दै दाहालले त्यसविरुद्ध एकजुट हुनु बुद्धिमानी हुने बताए। ‘नयाँ एकता र रुपान्तरण खोज्ने बेलामा पुगेका छौं। एकताको खोजी गरौं। आत्मसमीक्षाबाट सुरु गरौं। त्यसबाट नयाँ एकता, नयाँ आधार पाउन सक्छौं,’ उनले भने।

यसका लागि आफूले सबै कम्युनिष्ट नेतासँग सहकार्य गर्न संवाद अघि बढाएको उनले बताए।

प्रकाशित मिति: १८:४५ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्