भारतका विदेश सचिवले श्रीलङ्काको भ्रमण गर्ने
नयाँ दिल्ली, असोज १५ : भारतका विदेश सचिव हर्षवर्धन श्रीङ्गलाले श्रीलङ्काको भ्रमण गर्ने भएका छन्। यही अक्टोबर २ देखि ५ सम्म उनले श्रीलङ्काको भ्रमण...
नयाँ दिल्ली, असोज १५ : भारतका विदेश सचिव हर्षवर्धन श्रीङ्गलाले श्रीलङ्काको भ्रमण गर्ने भएका छन्। यही अक्टोबर २ देखि ५ सम्म उनले श्रीलङ्काको भ्रमण गर्ने तय भएको विदेश मन्त्रालयले जनाएको छ।
भारतको निकट छिमेकी श्रीलङ्कालाई महत्व दिएर भारतका विदेश सचिवले भ्रमण गर्न लाग्नु भएको जनाइएको छ। ‘छिमेकी प्रथम’ भन्ने भारतको विदेश नीतिअनुसार छिमेकीलाई प्रथम प्राथमिकता दिएको रुपमा व्याख्या गरिएको छ।
भारतका विदेश सचिवको यो भ्रमणलाई दुवै देशको महत्वका साथ हेरेका छन्। भ्रमणका क्रममा उहाँले श्रीलङ्काका उच्च सरकारी अधिकारीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ।
भेटका क्रममा उहाँले दुई पक्षीय हित, साझा चासो, आपसी सम्बन्ध, सहकार्य र सहयोग आदानप्रदान लगायतका विषयमा छलफल गर्नुहुने विदेश मन्त्रालयले जनाएको छ।
विगतमा भएका सम्झौता र सहकार्यको समीक्षा गर्दै त्यसलाई पुनरावलोकन गर्ने बारेमा पनि उहाँहरुका बीचमा छलफल हुने जनाइएको छ।
कोरोना भाइरसको महामारीका बेला भारतले गरेको सहयोगका लागि श्रीलङ्काको तर्फबाट धन्यवाद ज्ञापन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ।
भारतले विगतमा पनि उच्च प्राथमिकताका साथ छिमेकी देशलाई कोरोनाभाइरसको महामारी विरुद्धको सहयोग गरेको थियो भने आगामी दिनमा पनि खोप लगायतका सहयोग बढाउने जनाएको छ।












