Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ३५९ जना कोरोना संक्रमित

काठमाडौं, असोज १५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३५९ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा २६६, भक्तपुरमा ३१ र ललितपुरमा ६२ जना रहेको...
काठमाडौं उपत्यकामा थपिए ३५९ जना कोरोना संक्रमित

काठमाडौं, असोज १५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३५९ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा २६६, भक्तपुरमा ३१ र ललितपुरमा ६२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ४,४०९ रहेको छ।

तीमध्ये काठमाडौंमा २,५७८, भक्तपुरमा ८१९ र ललितपुरमा १,०११ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:०४ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्