Kathmandu Press

थपिए १०६६ कोरोना संक्रमित, ९३८ जना संक्रमणमुक्त, १३ को मृत्यु

१०,११३ जनामा गरिएको पिसिआर परीक्षणबाट ८९८ र ३,२५५ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थपिए १०६६ कोरोना संक्रमित, ९३८ जना संक्रमणमुक्त, १३ को मृत्यु

काठमाडौं, असोज १५ : पछिल्लो २४ घन्टामा देशभरिमा १,०६६ जना कोरोना संक्रमित थपिएका छन्।

१०,११३ जनामा गरिएको पिसिआर परीक्षणबाट ८९८ र ३,२५५ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,९५,९५९ जनामा र एन्टिजेन परीक्षणबाट ९१,७२१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ९३८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,६६,६९६ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,१४८ पुगेको छ।

अहिले देशभरिमा १८,११५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:५६ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्