Kathmandu Press

विचार मिल्नेसँग एकताका लागि छलफल जारी छ : प्रचण्ड

काठमाडौं, असोज १५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तारका लागि सत्ता साझेदार दलका बीचमा संवाद भइरहेको जानकारी दिएका छन्। ‘अगामी एकदुई...
विचार मिल्नेसँग एकताका लागि छलफल जारी छ : प्रचण्ड

काठमाडौं, असोज १५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तारका लागि सत्ता साझेदार दलका बीचमा संवाद भइरहेको जानकारी दिएका छन्। ‘अगामी एकदुई दिनभित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ,’ उनले भने। 

माओवादी केन्द्र ताराखोला गाउँपालिका बागलुङद्वारा आयोजित भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रचण्डले देशमा ठूलो कम्युनिष्ट शक्ति निर्माण गरी देशलाई समृद्धितर्फ लैजाने योजनाअनुरुप आफूले एमालेसँग पार्टी एकता गरेको तर एकता  नटिकेको बताए। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले लामो सङ्घर्षपछि प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताए। उनले अहिलेको पाँच दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको जनाउँदै विचार मिल्नेसँग एकताका लागि छलफल जारी राख्न कार्यकर्तालाई आग्रह गरे।

प्रकाशित मिति: १६:३१ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्