पशुपतिमा साधुलाई छुरी हानी फरार व्यक्ति पक्राउ
पशुपतिनाथ मन्दिरनजिक बस्ने साधुलाई छुरी हानेर फरार व्यक्ति पक्राउ परेका छन्।
काठमाडौं, असोज १५ : पशुपतिनाथ मन्दिरनजिक बस्ने साधुलाई छुरी हानेर फरार व्यक्ति पक्राउ परेका छन् ।
उनले ११ असोज बिहान पौने ६ बजे सन्तोष नामक साधुलाई छुरी प्रहार गरेका थिए ।
उनलाई शुक्रबार बिहान ८ बजे काठमाडौं हेपाली हाइटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ३७ वर्षका ताराबहादुर लामिछाने छन् । उनी चितवन जगतपुर नयाँबस्ती ५ का बासिन्दा हुन् । उनको साथबाट खुकुरी र झोला बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १६:१७ बजे, शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











