Kathmandu Press

ओलीको प्रतिवेदन : प्रचण्डले षडयन्त्रबाट तत्कालीन नेकपाको नेतृत्व हत्याउने प्रयास गरे

एमाले अध्यक्ष राजनीतिक प्रतिवेदनमा तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व हत्याउन षडयन्त्र गरेको आरोप लगाइएको छ। र, त्यसमा माधवकुमार नेपालको कुण्ठा र विभाजनकारी गतिविधि जिम्मेवार रहेको आरोप पनि लगाइएको छ।
ओलीको प्रतिवेदन : प्रचण्डले षडयन्त्रबाट तत्कालीन नेकपाको नेतृत्व हत्याउने प्रयास गरे

काठमाडौं, असोज १५ : एमाले अध्यक्ष राजनीतिक प्रतिवेदनमा तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व हत्याउन षडयन्त्र गरेको आरोप लगाइएको छ । र, त्यसमा माधवकुमार नेपालको कुण्ठा र विभाजनकारी गतिविधि जिम्मेवार रहेको आरोप पनि लगाइएको छ ।

आफूलाई रुघाखोकीले सताएको बताउँदै एमाले अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन पढ्ने जिम्मा पार्टी सचिव शंकर पोखरेललाई दिएका थिए । प्रतिवेदन प्रस्तुत गर्दै पोखरेलले एमालेकै कतिपय नेताले पुष्पकमल दाहालको अति महत्त्वाकांक्षालाई प्रोत्साहित गरेको दाबी गरे । र, उनीहरूले दाहालका नाजायज मागलाई प्रोत्साहित गरेको दाबी गरे ।

तस्बिरहरू : सुजल बज्राचार्य/काठमाडौं प्रेस

एमाले र माओवादी केन्द्रबीचको एकता जुन हिसाबले हुनुपर्थ्यो र जसरी अगाडि बढ्नुपर्थ्यो बढ्न नसकेको एमाले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

त्यसका कारण तीन महिनाभित्र तल्लो तहसम्म एकता सम्पन्न गर्नबाट तत्कालीन नेकपा चुकेको ओलीको प्रतिवेदनमा उल्लेख छ । ०७४ सालको निर्वाचनपछि पनि दाहालले एमालेसँग नभई कांग्रेससँग मिलेर सरकार बनाउने षडयन्त्र गरेको दाबी प्रतिवेदनमा गरिएको छ ।

दाहालले आफ्नो निवासलाई पार्टीको हेडक्वार्टर बनाएको आरोप प्रतिवेदनमा लगाइएको छ । फागुन ०७६ देखि प्रधानमन्त्रीबाट आफूलाई हटाउने षडयन्त्र पार्टीभित्रैबाट सुरु भएको उल्लेख ओलीले आफ्नो प्रतिवेदनमा गरेका छन् ।

दाहालले मुलुकमा कायम भएको राजनीतिक स्थिरता उल्ट्याउने प्रयास गरेको आरोप प्रतिवेदनमा लगाइएको छ । नेकपाको महाधिवेशनको तयारी नगरिएको आरोप पनि लगाइएको छ । अध्यक्षविरुद्ध अभियोग पत्र दर्ता गरिएको पनि उल्लेख गरिएको छ ।

सडकबाटै पार्टी अध्यक्षलाई पदबाट हटाउने काम भएको उनले उल्लेख गरेका छन् । केन्द्र र प्रदेशका सरकारहरू हटाउने षडयन्त्र गरिएको उनले बताएका छन् ।

२३ फागुन ०७७ को सर्वोच्च अदालतको फैसलापछि पुनः पार्टीलाई नयाँ नाम दिएर अगाडि बढ्ने कुरामा प्रचण्डमा रुचि नदिएको दाबी पनि गरिएको छ ।

पार्टी एक नरहनुमा माधवकुमार नेपालको कुण्ठा र विभाजनकारी गतिविधि पनि जिम्मेवार रहेको आरोप प्रतिवेदनमा लगाइएको छ ।

प्रकाशित मिति: १५:२१ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्