प्रधानमन्त्री मोदीले राष्ट्रपति कोविन्दलाई दिए जन्मोत्सवको शुभकामना
नयाँ दिल्ली, असोज १५ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामनाथ कोविन्दलाई ७६औं जन्मोत्सवको उपलक्ष्यमा सुस्वास्थ्य र दीर्घ जीवनका निम्ति शुभकामना व्यक्त गरेका छन्।शुक्रबार...
नयाँ दिल्ली, असोज १५ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामनाथ कोविन्दलाई ७६औं जन्मोत्सवको उपलक्ष्यमा सुस्वास्थ्य र दीर्घ जीवनका निम्ति शुभकामना व्यक्त गरेका छन्।
शुक्रबार राष्ट्रपति भवन पुगेका प्रधानमन्त्री मोदीले शुभकामना व्यक्त गर्दै राष्ट्रपति कोविन्द गरिब र सीमान्तकृत वर्गको उत्थान र तिनीहरूको सामाजिक मूल प्रवाहीकरणकोका निम्ति उदारहणीय नेता रहेको बताए।
प्रधानमन्त्री मोदीले ट्वीटमा लेखेका छन्, ‘राष्ट्रपति कोविन्दको शालीन र भद्र व्यक्तित्वका कारण उहाँ सिङ्गो देशको निम्ति समर्पित हुनहुन्छ।’
राष्ट्रपति कोविन्दले २५ जुलाई २०१७ मा भारतको १४औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण लिएका सिथि।
प्रकाशित मिति: १४:३३ बजे, शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












