Kathmandu Press

अफगानिस्तानबाट अमेरिका बाहिरिनु बाह्य शक्तिको हस्तक्षेप परास्त हुने प्रमाण : ओली

एमाले अध्यक्ष केपी ओलीले अफगानिस्तानबाट अमेरिकी सेना बाहिरिनु कुनै पनि मुलुकमा बाह्य हस्तक्षेप सफल नहुने प्रमाण भएको बताएका छन् ।
अफगानिस्तानबाट अमेरिका बाहिरिनु बाह्य शक्तिको हस्तक्षेप परास्त हुने प्रमाण : ओली

काठमाडौं, असोज १५ : एमाले अध्यक्ष केपी ओलीले अफगानिस्तानबाट अमेरिकी सेना बाहिरिनु कुनै पनि मुलुकमा बाह्य हस्तक्षेप सफल नहुने प्रमाण भएको बताएका छन् ।

पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले कुनै पनि देशको समस्या समाधानको जिम्मा सम्बन्धित मुलुककै जनताको भएको बताए । अफगानिस्तान घटनाका बाछिटा दक्षिण एसियामा पर्न सक्ने र अफगानिस्तानलाई लिएर भूराजनीतिक तनाव हुन सक्ने उनको आकलन छ ।

भारत र चीनसँग नेपालको सीमा विवाद चाँडै समाधान हुुनुपर्ने उनले बताए । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाललाई फिर्ता गर्नुुपर्ने बताए ।

आर्थिक शक्तिका रूपमा चीनको उदय र रुसको शक्तिशाली राष्ट्रका रूपमा उदयले अमेरिकाको एक ध्रुुवीय शक्तिमाथि चुनौति दिइरहेको उनले बताए ।

प्रकाशित मिति: १४:२४ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्