जंगली बँदेलको मासुसहित दुईजना पक्राउ
सुनसरी, असोज १५ : इनरुवा नगरपालिका–४ बसपार्क नजिकबाट ३३ किलो जंगली बदेलको मासु सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा कोशी...
सुनसरी, असोज १५ : इनरुवा नगरपालिका–४ बसपार्क नजिकबाट ३३ किलो जंगली बदेलको मासु सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका–६ बस्ने बिसे शर्मा र उदय मुखिया मलाह रहेका छन्। स१प ९१७६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा ल्याउँदै गरेको उक्त मासु फेला पारी मोटरइकलमा सवारपरेपछि उनीहरुलाई पक्राउ गरेको हो।
बरामद मासुसहित उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रकाशित मिति: १४:२३ बजे, शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












