Kathmandu Press

ओलीको दाबी : पार्टीको नवौँ महाधिवेशनमा उत्पन्न कटुता त्यसपछि पनि कायमै रह्यो

एमाले अध्यक्ष केपी ओलीले पार्टीको नवौँ महाधिवेशनमा उत्पन्न कटुता त्यसपछि पनि कायमै रहेको दाबी गरेका छन् ।
ओलीको दाबी : पार्टीको नवौँ महाधिवेशनमा उत्पन्न कटुता त्यसपछि पनि कायमै रह्यो

काठमाडौं, असोज १५ : एमाले अध्यक्ष केपी ओलीले पार्टीको नवौँ महाधिवेशनमा उत्पन्न कटुता त्यसपछि पनि कायमै रहेको दाबी गरेका छन् ।

शुक्रबारदेखि सुरु भएको पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेश गर्दै उनले नवौँ महाधिवेशनमा उत्पन्न अस्वस्थ प्रतिस्पर्धाका कारण कटुता आएको र त्यो महाधिवेशनपछि पनि कायम रहेको दाबी गरे ।

सीमित व्यक्तिका निहित स्वार्थ र षडयन्त्रका कारण माओवादी केन्द्रसँग एकता बलियो बन्न नसकेको ओलीले बताए । २३ फागुन ०७७ को सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र अलग भएको उनले बताए ।

‘केही व्यक्ति’ले संगठनात्मक अराजकता र फुटलाई प्रश्रय दिइरहेको ओलीले दाबी गरे । र, उनीहरू एमालेबाट बाहिरिएको उल्लेख गरे ।

आफ्नो प्रस्ताव प्रस्तुत गर्दै उनले नेकपाका संस्थापक महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठ, स्वर्गीय मदन भण्डारी र स्वर्गीय मनमोहन अधिकारीलाई सम्झिए ।

नीति निर्माणको पक्ष नेतृत्वको दौडबाट मुक्त रहोस् भनेर विधान महाधिवेशनको व्यवस्था विधानमा राखिएको उनको भनाइ थियो ।

प्रकाशित मिति: १४:१२ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्