Kathmandu Press

प्रदेश विकास परिषद् गठन

बुटवल, माघ १६ : प्रदेश ५ मा सरकारले प्रदेश विकास परिषद् गठन गरेको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले परिषद्मा प्रदेश सरकारबाट प्रतिनिधित्व गर्ने सदस्यला....

प्रदेश विकास परिषद् गठन

बुटवल, माघ १६ : प्रदेश ५ मा सरकारले प्रदेश विकास परिषद् गठन गरेको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले परिषद्मा प्रदेश सरकारबाट प्रतिनिधित्व गर्ने सदस्यलाई मनोनयन गरेको हो ।

मुख्यमन्त्रीको संयोजकत्वमा विकास परिषद रहने व्यवस्था छ । समितिमा प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेश संसदका संसदीय समितिका सभापतिहरू, प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यहरू, प्रदेश सरकारका सचिवहरू, सबै जिल्लाका जिल्ला समन्वय परिषदका प्रमुखहरू, स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूमध्येबाट १५ जना रहन्छन् ।

Hardik ivf

त्यस्तै विभिन्न संघ सस्था तथा निजी क्षेत्रबाट कम्तिमा एक तिहाइ महिलासहित समाजमा बिशिष्ट योगदान पु¥याएका २५ जना विज्ञहरू पनि सदस्य रहने व्यवस्था छ । पदेन सदस्यबाहेक अन्य सदस्यलाई मनोनयन गरिएको छ ।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले फागुन ३ मा प्रदेश स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरि मनाउने निर्णय गरेको सरकारका प्रबक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए ।

 

प्रकाशित मिति: १४:२४ बजे, बुधबार, माघ १६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्