सुनको मूल्यमा ९०० रुपैयाँ वृद्धि
काठमाडौं, असोज १५ : नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा ९ सय रुपैयाँ वृद्धि भएको छ।आज छापावाल सुन तोलको ८९ हजार ६ सय रुपैयाँ...
काठमाडौं, असोज १५ : नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा ९ सय रुपैयाँ वृद्धि भएको छ।
आज छापावाल सुन तोलको ८९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुनको मूल्यमा पनि प्रतितोला ९ सय रुपैयाँ नै वृद्धि हुँदा आज ८९ हजार १५० ले कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ। आज चाँदी तोलाको १ हजार १ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति: १२:३७ बजे, शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











