Kathmandu Press

ज्येष्ठ नागरिक अनुभवका खानी : मुख्यमन्त्री पोखरेल 

पोखरा, असोज १५ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ज्येष्ठ नागरिक अनुभवका खानी भएको बताएका छन्। उनले ३१औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका...
ज्येष्ठ नागरिक अनुभवका खानी : मुख्यमन्त्री पोखरेल 

पोखरा, असोज १५ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ज्येष्ठ नागरिक अनुभवका खानी भएको बताएका छन्। उनले ३१औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै जीवनको लामो कालखण्डमा आरोहअवरोह पार गर्दै सीप, अनुभव र ज्ञान आर्जन गरेका बुवाआमाको सम्मान गर्नुपर्ने बताएका हुन्।

उनले भनेका छन्, ‘ज्येष्ठ नागरिकका अनुभव राष्ट्र निर्माणका लागि अत्यन्तै अनुकरणीय हुन्छ, ज्येष्ठ नागरिकको हकहित संरक्षण र संवद्र्धन गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि प्रदेश सरकार सदा तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दछु।’

त्यसैगरी सन्देशमा ज्येष्ठ नागरिकको जीवनलाई सहज र प्रभावकारी बनाउन सामाजिक सुरक्षा भत्ताका साथै सरकारले ज्येष्ठ नागरिक बिमा कार्यक्रम पनि सञ्चालन गर्दै आएको उल्लेख छ।

वृद्धाश्रम बनाएर होइन, ज्येष्ठ नागरिकको सम्मान र व्यवस्थापन सन्तानले नै गर्नुपर्दछ भन्ने सामाजिक मान्यतलाई यथार्थमा बदल्न सके मात्र आमाबुवाप्रतिको दायित्व पूरा हुने सन्देशमा उल्लेख छ। 

ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई प्रभावकारी र जीवनोपयोगी बनाई थप सुदृढ गर्दै लैजान सरोकारवालाको ध्यानाकर्षणसमेत गराइएको छ। मुख्यमन्त्री पोखरेलले ज्येष्ठ नागरिकको सुखमय र जीवनलाई सम्मानित बनाउन अपिल गरेका छन्।

प्रकाशित मिति: १२:२५ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्