एमालेको विधान महाधिवेशन आज उद्घाटन गरिँदै
काठमाडौं, असोज १५ : नेकपा (एमाले)को विधान महाधिवेशन आज सुरु हुँदै छ।ललितपुरको गोदावरीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न १२ बजे विधान महाधिवेशन...
काठमाडौं, असोज १५ :नेकपा (एमाले)को विधान महाधिवेशन आजबाट सुरु हुन लागेको छ।
ललितपुरको गोदावरीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न १२ बजे विधान महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यसका सबै तयारी पूरा भएको एमालेले जनाएको छ।
एमालेको विधान महाधिवेशन तीन दिनसम्म चल्नेछ। यसमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव बिष्णु पौडेलले विधान प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।
गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा विधान महाधिवेशनको उद्घाटन गरिनेछ। सम्मेलन केन्द्रमा तीन हजार सीट क्षमता रहेको छ।
एमाले विधान महाधिवेशनमा ६ हजार प्रतिनिधि सहभागी हुनेछन्। उनीहरु बस्नका लागि मुल हलको दाँया बायाँ र खाली ठाउँमा त्रिपाल टाँगेर व्यवस्था गरिएको छ।
प्रकाशित मिति: ०७:४९ बजे, शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











