Kathmandu Press

साफ च्याम्पियनसिपमा माल्दिभ्ससँग भिड्दै नेपाल

काठमाडौं, असोज १५ : १२औं संस्करणको साफ च्याम्पियसिप फुटबल प्रतियोगिता आजबाट मादिल्भ्सको राजधानी मालेमा सुरु हुँदै छ।नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्नेछ। आज...
साफ च्याम्पियनसिपमा माल्दिभ्ससँग भिड्दै नेपाल

काठमाडौं, असोज १५ : १२औं संस्करणको साफ च्याम्पियसिप फुटबल प्रतियोगिता आजबाट मादिल्भ्सको राजधानी मालेमा सुरु हुँदै छ।

नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्नेछ। आज अपरान्ह ४ः४५ बजे नेपाल र माल्दिभ्सको खेलसँगै साफ च्याम्पियनसिप सुरु हुनेछ।

पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य बोकेको नेपालले पनि आजैबाट आफ्नो उपाधिको यात्रा सुरु गर्नेछ।

प्रशिक्षक अब्दुल्लाह अलमुतारीको प्रशिक्षणमा रहेको नेपाली टिम पहिलो पटक च्याम्पियन बन्ने दाउमा छ। त्यसका लागि नेपालले ३ महिलादेखि प्रशिक्षण गरेको छ। यसबीच नेपालले भारतसँग २ र ओमानसँग १ मैत्रीपूर्ण खेल पनि खेलेको छ।

युवा खेलाडीले भरिएको नेपाली टिमले पछिल्लो समय राम्रो प्रदर्शन गरेकाले नेपाली टिम उत्साहित छ। नेपाली टिम कतारमा २ साता प्रशिक्षण गरेर उतैबाट माल्दिभ्यस पुगेको हो।

नेपाली टिम

गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर :  दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द।

मिडफिल्डर :  विशाल राई, सुनील बल, सुरज ज्यु ठकुरी, नितिन थापा, पुजनउपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा।

फरवार्ड : नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आशिष लामा।

प्रकाशित मिति: ०६:५२ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्