Kathmandu Press

हैदरावादलाई हराउँदै चेन्नई प्लेअफमा

काठमाडौं, असोज १५ : सनराइजर्स हैदरावादलाई हराउँदै चेन्नई सुपर किंग्स १४औं संस्करणको आईपिएलको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ।चेन्नईसँग पराजित भएको हैदरावाद भने...
हैदरावादलाई हराउँदै चेन्नई प्लेअफमा

काठमाडौं, असोज १५ : सनराइजर्स हैदरावादलाई हराउँदै चेन्नई सुपर किंग्स १४औं संस्करणको आईपिएलको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ।

चेन्नईसँग पराजित भएको हैदरावाद भने प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ। बिहीबार सारजाहामा भएको खेलमा चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित भयो।

जितपछि शीर्ष स्थानको चेन्नई भने १८ भएको छ। बाँकी तीन खेलमा पराजित भए पनि चेन्नई शीर्ष चारभित्रै रहने छ। ११ खेल खेल्दा २ खेल मात्र जितेको हैदरावाद ४ अंक जोड्दै तालिकाको पुछारमा छ । बाँकी तीन खेल जित पनि हैदरावदा शीर्ष चारमा उक्लन सक्ने छैन।

पहिला ब्याटिङ गर्दै हैदरवादले दिएको १३५ रनको सामान्य लक्ष्य चेन्नईले १९.४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। चेन्नईका लािग ओपनर रुतुराज गायकवाडले सर्वाधिक ४५ रन बनाउँदा अर्का ओपनर फाफ डु प्लेसिसले ४१ रन बनाए।

यस्तै, अम्बाति रायाडु र मोइन अलीले समान १७ रन बनाउँदा कप्तान महेन्द्रसिंह धोनीले १४ रन बनाए। हैदरावादका जासन होल्डरले ३ विकेट लिँदा रसिद खानले २ विकेट लिए।

यसअघि हैदरवादले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो। उसका लागि ऋद्धिमन साहले सर्वाधिक ४४ रन बनाउँदा अविशेषक शर्मा र अब्दुल सांसदले समान १८ रन बनाए।

हैदरवादलाई सस्तैमा रोक्ने क्रममा जोस हेजलउडले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए भने ड्वायन ब्राभोले २ विकेट लिए। ४ ओभरमा उनले १७ रन मात्र खर्चिए।

प्रकाशित मिति: ०६:४५ बजे, शुक्रबार, असोज १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्